कोरोना भाइरस नष्ट गर्ने एन्टिबडी चीनमा तयार भएको दावी, औषधीय प्रयोगको तयारी सुरु


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

एजेन्सी, १४ जेठ । चिनीया वैज्ञानिकहरुले यस्तो ह्युमन न्यूट्रोलाइजिङ एन्टीबडी पत्ता लगाएको दावी गरिरहेका छन् की जसको प्रयोगले कोरोना भाइरस संक्रमण पूर्ण ठिक भएको छ । अब यो एन्टीबडीको औषधीय प्रयोगको तयारी भइरहेको जनाइएको छ । 

चाइनीज एकेडेमी अफ साइन्सले यो एन्टीबडी पत्ता लागएको हो । एन्टीबडीसम्बन्धी जानकारी नेचर वेभसाइटमा प्रकाशित लेखमा उल्लेख छ । लेखमा भनिएको छ, ‘चाइनीज एकेडेमी अफ साइन्सको माइक्रोबायोलोजी डिपार्टमेन्टले कोरोना भाइरस नष्ट गर्ने प्रभाकारी औषधि पत्ता लगाएको छ । यो एन्टीबडी दर्ताका लागि वैज्ञानिकहरुले आवेदन समेत दिइसकेका छन् ।’ औषधिय प्रयोग सफल भएमा यसको व्यापारीक उत्पादन थालिने छ ।

vayoda

माइक्रोबायोलोजी विभागका यान जिंगहुआ, गाओ फू र वांग क्यूहुइले यो अध्ययनको नेतृत्व गरेका थिए । अध्ययन रिर्पोटमा भनिएको छ की इन्स्टिच्यूडले गत जनवरीेदेखि नै अनुशन्धान थालेको थियो ।’


 

Last modified on 2020-05-28 10:52:12

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag