सिंगापुरले आफ्ना नागरिकलाई घरैमा कोरोना परीक्षण गर्ने उपकरण दिने 



Download our app to get more features

एजेन्सी, २३ जेठ । सिंगापुर सरकारले कोरोना परीक्षणका लागि आफ्ना नागरिकलाई यन्त्र उपलब्ध गराउने भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोरोना परीक्षण गर्न समस्या हुन थालेपछि सिंगापुर सरकारले यस्तो रणनीति लिएको हो ।

सिंगापुर सरकारका अनुसार यो यन्त्रले कोरोना भाइरस संक्रमितको अवस्था बारे पत्ता लगाउन सहयोगी भए देशभरका ५७ लाख नागरिकलाई उपलब्ध गराइनेछ । सिंगापुर सरकारले यसअघि यस्तै मिल्दोजुल्दो मोबाइल एप निर्माण गरिसकेको छ । सिंगापुरमा हालसम्म कोरोना भाइरसका कारण ३६ हजार नौ सयभन्दा बढी संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ ।

इरानमा निरन्तर बढ्दै कोरोना संक्रमित
इरानमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार मात्रै ३५ सयभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
तीन दिनदेखि लगातार इरानमा तीन हजारका दरले कोरोना संक्रमित बढीरहेको इरान सरकारले जनाएको छ । योसँगै इरानमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहांका अनुसार इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आठ हजार ७१ पुगेको छ । यसैबीच, ईरानका राष्ट्रपति हसन रुहानीले मुलुकमा कोरोनाको दोस्रो संकटकाल आएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । मध्यपूर्वी एसियाली मुलुक इरानमा अप्रिलमा कोरोना संक्रमण नियन्त्रण आएपछि लकडाउन खुकुलो बनाउँदा फेरि संक्रमण दर तीव्र गतिमा बढ्न थालेको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts