फिजी कोरोना भाइरसमुक्त भएको घोषणा



Download our app to get more features

एजेन्सी, २३ जेठ । प्रशान्त महासागरस्थित फिजी द्वीपले कोरोना भाइरस मुक्त भएको घोषणा गरेको छ । फिजीका प्रधानमन्त्री फ्रैन्क बेनीमारामाले ट्वीट गर्दै फिजीलाई कोरोना भाइरस मुक्त भएको घोषणा गरेका हुन् । 

उनले फिजीको अन्तिम कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएको र ४५औं दिनसम्म एकजना पनि नयाँ संक्रमित फेला नपरेकोले फिजीलाई कोरोना भाइरस मुक्त मुलुक घोषणा गरेको बताए । फिजीमा कोरोना भाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन भने १८ जना मात्रै संक्रमित भएको र सबै स्वस्थ भएर घर फर्किसकेका छन् ।

Last modified on 2020-06-05 15:15:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts