अपडेट

अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपको उत्पादन सुरु

यस्ता छन् विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २४ जेठ । बाराको गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा निर्माण गरिएको कोरोना विशेष अस्थाई अस्पतालबाट २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

शुक्रवार साँझ एक स्रक्षाकर्मीसहित २२ जनालाई डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । गत जेठ नौ, १०, १२ र १४ गते संक्रमण पुष्टि भएका सिम्रौनगढ, महागढीमाई, पचारौता नगरपालिका र बारागढी गाउँपालिकाकाका उनिहरुको अस्पताल भर्ना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाला टेकुमा गरिएको स्वाब परीक्षणको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार साँझ बिदाई गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । कुल ७३ जना संक्रमित भएको बारामा ३४ संक्रमित निको भएर घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले अनिवार्य मास्कको प्रयोग गर्ने निर्देशिकालाई परिवर्तन गरेको छ । केहि महिना अघि कोरोना भाइरसको महामारीबाट जोगिन सबैले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरेको संगठनले अब त्यो निर्देशिकामा परिवर्तन गरेको छ । लामो समयको छलफलपछि विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुले मास्कले कोरोना भाइरसको संक्रमणबाट जोगाउन सक्छ भन्ने कुरा मानिसहरुमा गलत भाव उत्पन्न गर्ने भएकाले त्यसलाई परिवर्तन गर्दै भिडभाड, सार्वजनिक स्थल लगायतका स्थानमा मात्रै अनिवार्य मास्क लगाउन भनेको छ । संगठनले सबैले जतिखेर मास्कको प्रयोग गर्दा स्वास्थ्यकर्मी र उद्दार कार्यमा खटिएकाहरुका लागि मास्कको अभाव हुने भएकाले सार्वजनिक स्थान र भिडभाड भएको स्थानमा मात्रै अनिवार्य मास्कको प्रयोग गर्न भनेको छ । संगठनले कोरोना संक्रमणसँग सम्बन्धीत केही नयाँ तथ्यहरु फेला परेकाले सतर्क रहन भन्दै वृद्धवृद्धालाई भने अनिवार्य मास्क लगाउन भनेको छ । संगठनका अनुसार पछिल्लो समय मानिसहरुमा लक्षण आउनुभन्दा पहिले नै मानिसहरु संक्रमित हुने गरेका छन् भने कतिपयमा संक्रमितहरुमा लक्षण नै देखा नपर्ने गरेको जोखिम भने रहेको छ । यस्तो अवस्थामा एक अर्कासँग पर्याप्त दूरी बनाउन सम्भव नहुने खण्डमा जस्तै, सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर, सार्वजनिक स्थल लगायतमा घरमै बनेको मास्क लगाउन संगठनले सुझाव दिएको छ । यसले कोरोना संक्रमित व्यक्तिबाट तपाईंमा कोरोना सर्नबाट जोगाउन सक्छ । तर, ६० वर्षभन्दा बढी उमेर भएका र को–मर्बिडिटी भएकालाई भने मेडिकल ग्रेडका मास्क लगाउन भनिएको छ ।

बेलायतको औषधि उद्योग एस्ट्राजेनेकाले कोरोना भाइरस रोकथामका लागि तयार पारेको सम्भावित खोपको उत्पादन सुरु गरेको छ । पहिलो चरणको परीक्षण सफल भएको भन्दै उद्योगले खोपको उत्पादन सुरु गरेको हो । बीबीसीका अनुसार उद्योगले अक्सफर्ड यूनिभर्सिटीका विज्ञहरुसँग मिलेर यो खोपको विकास गरेको र यसको परीक्षणको क्रमहरु जारी राखेको छ । तर, उद्योगका अध्यक्ष पास्कल सोरिएट अन्ुसार एस्ट्राजेनेकाले अहिले खोपको डोज बनाउने काम सुरु गरेको र खोपको परीक्षण सफल भएको खण्डमा माग आपूर्ति गर्न सहज हुने छ । सोरिएटले एस्ट्राजेनेकाले यो खोप परीक्षण सफल भएको खण्डमा यसको डोज र झन्डै दुई अर्ब माग पूरा गर्नमा सफल हुने विश्वका साथ काम अघि बढाइएको बताए ।  

पाकिस्तानमा कोरोना भाइरस संक्रमणका कारण संक्रमित हुनेको संख्या ९० हजार नाघेको छ । पाकिस्तान सरकारका अनुसार पाकिस्तानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार नाजिक पुगेको छ । भारतपछि पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै छ । पाकिस्तानको सबैभन्दा धेरै सिन्ध र पञ्जाव प्रान्त सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । 

विश्वभर फैलिएको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ६८ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर हालसम्म ६८ लाख ४४ हजार ८ सयभन्दा बढी कोरोना भाइरसका कारण संक्रमित भएका छन् । यस्तै विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नजिक पुगेको छ । ६ महिनाको अवधिमा कोरोनाका कारण ३ लाख ९८ हजार १ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ३३ लाख ४९ हजरा भन्दा बढी संक्रमित उपचारपछि स्वस्थ भएका छन् ।

Last modified on 2020-06-06 09:49:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts