नेपाल रेडक्रस सोसाइटीद्वारा सुरक्षा सामाग्री हस्तान्तरण



Download our app to get more features

काठमाडौं, १६ असार । कोरोना भाइरस ( कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिबृद्धिको लागि नेपाल रेडक्रस सोसाइटीले सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान सुरु गरेको छ । यही क्रममा सोमबार रेडक्रसलले एक करोड ५७ लाख सात सात सय ७० बराबरको सुरुक्षा सामाग्री स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा हस्तान्तरण गरेको छ । अभियानको क्रममा काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालहित सातै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू वितरण गरिने जनाएको छ ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान स्वास्थ्य मन्त्रालय परिसरमा सुरूआत गरिएको हो । नेपाल रेडक्रसका अध्यक्ष  संजीव थापाले पहिलो चरणको सामाग्री मन्त्री ढकाललाई हस्तान्तरण गरेका हुन् । प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका  व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गरे । 

दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार एक सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा तीन सय वटा, २० हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक सय १८ थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिए । 

यस्तै विभिन्न प्रदेशमा सात थान भेन्टिलेटर मेशिन पनि उपलव्ध गराइने छ । सो क्रममा मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाँईमा सहयोग गर्न  सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यबाद दिँए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts