स्वास्थ्य मन्त्री ढकालद्वारा रोटा खोप तथा सरसफाई प्रर्वद्धन अभियान शुभारम्भ 



Download our app to get more features

काठमाडौं, १८ असार । स्वास्थ्य तथा जसंख्या मन्त्री भानुभक्त ढकालले रोटा खोप तथा सरसफाई प्रवद्र्धन अभियानको शुभारम्भ गरेका छन् । यो अभियानलाई नियमित खोप कार्यक्रममार्फत नै गर्ने गरी मन्त्री ढकालले विहीबार सुभारम्भ गरेका हुन् । 

सो क्रममा मन्त्री ढकालले जनस्वास्थ्यको सफल कार्यक्रम मध्ये राष्ट्रिय खोप कार्यक्रम रहेको र योसँगै जोडेर रोटा खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । यो कार्यक्रमलाई सरकारले पहिलो प्राथमिकता दिएको पनि उनले बताए । कार्यक्रममार्फत देशैभर मासिक करिब १६ हजार खोप केन्द्रमार्फत ११ वटा रोगविरुद्धमा १५ महिनासम्मका बालबालिकालाई निःशुल्क खोप सेवा प्रदान गरि बार्षिक ६ लाख ३० हजार भन्दा धेरै बालबालिकालाई संक्रामक तथा प्राणघातक रोगहरुबाट सुरक्षा गरिरहेको उनको भनाइ छ । उनल भने, ‘खोप सेवाबाट रोग नियन्त्रण, निवारण र उन्मुलन गरि बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई स्वस्थ र समृद्ध समाज निर्माणमा योगदान गर्ने लक्ष छ । सो अनुसार अन्तराष्ट्रिय, राष्ट्रिय लक्ष, उद्देश्य र प्रतिबद्धता अनुसार  खोप सेवाको प्रभावकारी सञ्चालन र व्यवस्थापनमा नेपाल सरकार सदैव कटिबद्ध छ ।’

यही कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप सेवामा रोटा भाईरसविरुद्धको नयाँ खोप र सरसफाई प्रवद्र्धन कार्यक्रम शुरुवात गर्ने घोषणा गरेको उनले बताए । नेपालको तथ्यांक हेर्दा पाँच वर्षमुनिका बालबालिका (कुल ११ लाख) मध्ये वार्षिक ३८ प्रतिशत जतिमा झाडापखाला लाग्ने गरेको छ । झाडापखाला भएर अस्पताल भर्ना हुने मध्ये करिब ३० प्रतिशत बालबालिकामा रोटा भाईरसको कारणले पखाला लाग्ने गरेको र पखालाको कारणबाट हुने मृत्युमा रोटा भाईरस प्रमुख कारण रहेको कुरा  अध्यनले देखाएको छ । यसै कारण नेपाल सरकारले शिशु तथा बालबालिकाको स्वास्थ्य रक्षाको लागि यो समस्या न्युनिकरण गर्न नयाँ खोपको रुपमा राष्ट्रिय खोप कार्यक्रममा रोटा खोप समावेश गरेको हो । 

के हो रोटा भाइरस ?

  • रोटा भाईरसले आन्द्रामा संक्रमण गरी झाडापखाला गराउँछ । 
  • विशेषगरी यो रोगले नवजात शिशु, शिशु तथा तीन देखि पाँच बर्ष उमेर समूहमा धेरै संक्रमण गराउँछ । 
  • संसारभर हुने कडा जलवियोजनको कारण मध्ये रोटा भाईरसबाट हुने पखाला रहेको छ, जसको कारण बच्चाहरुको मृत्यु समेत हुन्छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts