सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कर्मचारीद्वारा करोडौ रकम व्यक्तिगत खातामा



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

धनगढी, ३ साउन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कर्मचारीले सरकारी ढुकुटीमा रजाई गरेको देखिएको छ । 

करोडौ सरकारी रकम महिनौसम्म व्यक्तिगत खातामा राखेर कर्मचारीले लाभ लिएको देखिएको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ७४ को उल्लंघन गर्दै स्वास्थ्य निर्देशनालयले पेस्कीमाथि पेस्की दिएको उल्लेख छ ।

vayoda

Hamro Doctor Apps2

प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीले कार्यालयमा कार्यरत १६ जना व्यक्तिलाई विभिन्न कार्यक्रम सञ्चालन गर्न पेस्की दिएकोमा पहिलो पेस्की फछ्र्यौट नहुँदै एकै कर्मचारीलाई १९ पटकसम्म पटकपटक गरी पेस्कीमाथि पेस्की दिएको प्रतिवेदनमा उल्लेख छ । 

‘न्यूनतम २० हजारदेखि एक करोड ७६ लाखसम्म एकै व्यक्तिलाई पेस्की दिई कार्यक्रम सञ्चालन गराएको अवस्था छ,’ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘कार्यालयले उपलब्ध गराएको विवरण अनुसार १७ व्यक्तिलाई ८ करोड ९१ लाख ५१ हजार पेस्की दिएकोमा पुरै रकम खर्च हुन नसकी ४९ लाख ८२ हजार रकम फिर्ता भएको छ । पेस्कीमाथि पेस्की दिई वर्षको अन्तमा फाँटवारी पेश गरी पेस्की फछ्र्यौट गरेको छ ।’

पेस्की लिई लामो समयसम्म कार्यक्रम नगरी व्यक्तिको खातामा रकम रहने र पछि कार्यक्रम सञ्चालन गर्ने तथा आर्थिक वर्षको अन्त्यमा रकम फिर्ता गर्ने प्रवृतिले सरकारी रकमबाट कर्मचारीले लाभ लिने प्रवृत्तिमा नियन्त्रण गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts