सुदूरपश्चिममा ७६ कोरोना संक्रमित आइसोलेसनमा



Download our app to get more features

धनगढी, २८ साउन । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालका आईसोलेसनमा ७६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रदेशको कोरोना विशेष सेती प्रादेशिक अस्पताल सहितका अस्पतालले स्थापना गरेका आईसोलेसनमा ७६ जना लक्षण सहितका कोरोना संक्रमितको उपचार भइरहेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले डोटीले कैलालीमा ३९ सहित विभिन्न अस्पतालका आईसोलेसनमा ७६ जनाको उपचार भईरहेको जनाएको छ । सबैभन्दा बढि कैलालीको टीकापुर अस्पतालको आईसोलेसनमा ३४ जना संक्रमितको उपचार भइरहेको छ ।

कञ्चनपुरको महाकाली अस्पतालमा २५, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा तीन, जिल्ला अस्पताल डोटीमा दुई र मालाखेती अस्पतालमा दुई जनाको उपचार भईरहेको छ ।

यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका थप १४ जना पनि आईसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बयलपाटा अस्पतालमा ६, जिल्ला अस्पताल डोटीमा तीन, गोकुशलेश्वर अस्पतालमा दुई, सुदूरपश्चिम प्रदेश अस्पताल, जोगबुढा र जिल्ला अस्पताल अछाममा एक÷एकजना शंकास्पद बिरामी रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts