कोरोनाबाट विभिन्न १७ देशमा २६५ नेपालीको मृत्यु



Download our app to get more features

काठमाडौं, ११ असोज । कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।

शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । 
 गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याँक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुुष्टि भएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts