टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो



Download our app to get more features

काठमाडौं, १२ असोज । काठमाडौँको टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय २५ पुगेको छ। आइतबार २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या ८ सय २५ पुगेको हो। 

वडा नं १ मा सबैभन्दा थोरै २१जना र वडा नं ३ मा सबैभन्दा धेरै ९५ जना कोरोना संक्रमित भेटिएको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। यस्तै,  वडा नं २ मा ५१ जना, वडा नं ४ मा ४३ जना, वडा नं  ५ मा ८६ जना, वडा नं ६ मा ९१ जना, वडा नं ७ मा ८० जना , वडा नं ८ मा ९४ जना, वडा नं ९ मा ५५ जना, वडा नं १० मा ६६ जना र वडा नं ११ मा ६२ जना संक्रमित छन्। 

कोरोना संक्रमितमध्ये ४ सय ४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

टोखामा हालसम्म कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts