नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय नजिक



Download our app to get more features

काठमाडौं, १४ असोज । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ महिला र ५ पुरुष गरि थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ३४ र ८६ वर्षीया दुई जना महिलाहरु रहेका छन् । यस्तै सुनसरीका ६० वर्षीय, मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, काठमाडौंका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय गरि ५ जना पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशलमव ६५ प्रतिशत हो ।

हाल नेपालभर २ सय १ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३० जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts