हातका यी मुद्राले हटाउँछ तनाव र श्वासप्रश्वास सम्बन्धी समस्या



Download our app to get more features

स्वास्थ्य नै धन हो भन्ने नेपाली उखानलाई हामी सकेसम्म व्यवहारमा उतार्ने कोशिस गर्छौ । सोही अनुसार स्वस्थ रहन नियमित व्यायामदेखि खानपानमा समेत विशेष सजगता अपनाउँछौं । 

झन् कोरोना महामारीमा पनि योग गर्दा तनाव र श्वासप्रश्वास सम्बन्धी समस्यामा राहत हुने भन्दै योगले थप चर्चा पायो । कतिपय अवस्थामा होम आइसोलेसनमा बसेका र क्वारेनटाइनमा बसेकाहरुका लागि योग बढी लोकप्रिय बन्यो । कारण अरुभन्दा अलग्गिएर बस्नुपर्दा एक्लो समयलाई सुदपयोग गर्ने माध्यमपनि योग बन्यो । 

र, हाम्रो हातका मुद्राले पनि स्वास्थ्यमा निकै प्रभाव पारिरहेको हुन्छ भन्ने धेरैलाई थाहा नहुनसक्छ । यदि हातको मुद्रालाई मात्रै परिवर्तन गर्ने हो भने पनि शरीर स्वस्थ्य राख्न सकिने योग विज्ञानले जनाएको छ । हातको छुट्टा छुट्टै मुद्राले शारीरिक, भावनात्मक र आध्यात्मिक शक्तिलाई प्रभावित गर्छ । हिन्दू र बौद्ध धर्ममा यी मुद्रा निकै प्रचलित र चर्चित छन् ।

जानौं ती स्वस्थ बनाउने हातका मुद्रा बारे :— 

कुबेर मुद्रा  


गर्ने तरिका : मध्यमा, तर्जनी औंला र बुढी औंलाको टुप्पोलाई मिलाउने । अनामिका र कनिष्ठ औंलालाई मोडेर हत्केलासँग जोड्ने । 

समय : आधा–आधा घन्टाको फरकमा २ पटक गर्ने । 

फाइदा
तनावले मानिसमा आत्मविश्वासलाई कम गर्छ । योग विज्ञान अनुसरा आत्मविश्वास कम हुनु भनेको पृथ्वी र जल तत्व अधिक तथा आकाश, अग्नि र वायु तत्वको असन्तुलनको परिणाम हुनु हो ।

कुबेर मुद्राले यी तत्वमा सन्तुलन स्थापित गर्छ र व्यक्तिलाई तनावमुक्त गरेर उसमा सकारात्मक सोच भर्ने काम गर्छ । यो मुद्राले साइनसमा जम्मा भएको श्लेष्मा नष्ट हुन्छ र नाक–कान बन्द रहने समस्याको अन्त्य गर्छ । यदि पटक–पटक गहिरो श्वासको साथै यो मुद्रा गर्ने हो भने साइनस संक्रमणको कारणले हुने टाउको दुखाई र टाउको भारी हुने समस्या हराएर जान्छ । पृथ्वी र जल तत्वको अधिकतालाई नै कफको कारण मानिन्छ । यी दुवै तत्व कुबेर मुद्राले कम हुन्छ । जसले कफको समस्या पनि समाप्त भएर जान्छ । 

श्वासनी मुद्रा 


तरिका : कनिष्ठ र अनामिका औंलाको टुप्पालाई बुढी औंलाको जोर्नीसँग जोड्ने । त्यसपछि मझांैला औंलालाई बुढी औंलाको टुप्पोसँग जोड्ने र तर्जनी औंलालाई सिधा राख्ने । 

फाइदा 
श्वासप्रश्वाससँग सम्बन्धित रोग जस्तैं दम, सास फेर्न गाह्रो हुने आदि श्वास नलीमा श्लेष्मा जम्मा हुनाले उत्पन्न हुन्छ । यसले फोक्सोसम्म सफा हावा पर्याप्त मात्रामा पुर्याउन सक्दैन र पीडित व्यक्तिले श्वासलाई राम्रोसँग भित्र छोड्नु भन्दा पहिले बाहिर छोडिदिने गर्छ । 

श्वास सम्बन्धी यस्ता रोगमा श्वासनी मुद्रा निकै फाइदाजनक मानिन्छ । यो बरुण मुद्रा, सूर्य मुद्रा र आकाश मुद्राको समन्वय हो । यसले श्वास नलीमा जमेको श्लेष्मालाई बाहिर निकाल्छ र सुन्निएको भाग निको भएर जान्छ । यसको नियमित अभ्यासले श्वास छोड्ने समयमा धेरै बल लगाउनु पर्छ र विस्तारै–विस्तारै श्वास सम्बन्धी समस्या पूरै निको भएर जान्छ । श्वास सम्बन्धी रोगीले देब्रे कोल्टे फेरेर सुत्नु पर्छ र पानीको सेवन योगाचार्यको सल्लाह अनुसार गर्नु पर्छ । 

Last modified on 2021-02-05 09:14:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts