गत २४ घन्टामा नेपालभर थपिए ७८ नयाँ संक्रमित, ८२ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, १६ फागुन । नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ५ सय ३२ पिसिआर परीक्षण गर्दा ३० जना महिला र ४८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।

गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने अद्यावधिक तथ्यांकमा एक जनाको मृत्यु संख्या थपिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव शून्य १ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ९ सय ६२ रहेको छ ।

Last modified on 2021-03-01 08:10:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts