नेपालमा कोरोना संक्रमणमुक्त हुने दर घट्दै, थपिए ५ सय १७ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, ३१ चैत । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर दिनप्रति दिन घट्दै गएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको दर थपिने भन्दा निको हुने दर घट्ने क्रममा रहेको छ ।

गत २४ घन्टामा १ सय ५३ जना स्वस्थ भएपनि कोरोना संक्रमित थपिनेको तुलनामा यो संख्या कम रहेको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिने दर बढेको छ भने निको हुने दर कम हुँदै गएको छ ।

एक महिना अघिसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत पुगेकोमा हाल त्यो दर ९७ दशमलव ६ प्रतिशतमा झरेको छ । 

गत २४ घन्टामा १ सय ५३ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ६ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार गत २४ घन्टामा ५ हजार २ सय ३ पिसिआर परीक्षण गर्दा थप ५ सय १७ जनामा कोरोना पोजेटेभि देखिएको हो । 

गत २४ घन्टामा ४ हजार ३ सय ८६ आरटी पिसिआर र ८ सय १७ एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । 

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ रहेको छ ।

Last modified on 2021-04-14 09:08:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts