कैलालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

Download our app to get more features
धनगढी, २५ वैशाख । पछिल्लो २४ घण्टामा कैलालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुष र कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts





































