गत २४ घन्टामा थप १ सय ९३ जनाको कोरोनाका कारण मृत्यु, १७ सयभन्दा बढी आईसीयूमा भर्ना



Download our app to get more features

काठमाडौं, ९ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ३ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ३ सय ४६ पुगेको छ। यो दर कुल संक्रमितको १ दशमलव २४ प्रतिशत हो ।

यस्तै देशभर रहेका संक्रमितमध्ये १ हजार ७ सय २१ जना आईसीयूमा भर्ना छन् भने ४ सय ८४ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५ सय ४७ रहेको छ । जसमा १ लाख ८ हजार १ सय १९ जना होम आइसोलेसनमा छन् भने ७ हजार ३ सय ४९ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

Last modified on 2021-05-23 19:49:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts