विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ४ असोज । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ लाख नाघेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ५ हजार ७ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

गत २४ घन्टामा रुसमा ७ सय ९३, मेक्सिकोमा ७ सय ६५, ईरानमा ३ सय ९१, मलेसियामा ३ सय ७६, अमेरिकामा ३ सय ११ जनाको मृत्यु भएको छ । यस्तै भारतमा २ सय ९६, ब्राजिलमा २ सय ३९, फिलिपिन्समा २ सय ५, भियतनाममा २ सय ३३ र टर्कीमा २ सय १३ जनाको मृत्यु भएको छ । 

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ लाख ५ हजार ३ सय ८४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ५० हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा अमेरिकामा ३२ हजार ७ सय ३१, भारतमा ३० हजार ८ सय ९, बेलायतमा २९ हजार ६ सय १२ र टर्कीमा २६ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २२ करोड ९२ लाख ६२ हजार ६ सय १९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर रहेका संक्रमितमध्ये ३ लाख ८० हजार ८ सय १३ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २० करोड ५८ लाख ८० हजार ६ सय ६९ पुगेको छ ।

Last modified on 2021-09-20 14:55:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts