अमेरिका र रुसमा कोरोनाका कारण मृत्यु हुनेदर अझै कम भएन, बेलायतमा सङ्क्रमणदर बढ्दै



Download our app to get more features

एजेन्सी, ६ कात्तिक । विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड नाघेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल् मिटरका अनुसार गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३ लाख ९० हजार ८ सय ७० जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड ८ लाख ३८ हजार ७८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ४ लाख ५७ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २४ करोड ३७ लाख ११ हजार १ सय ३१ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर थप ७ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४९ लाख ५२ हजार ९ सय ३६ पुगेको छ ।

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो, चौथो र पाँचौ लहर जारी छ । जसका कारण सङ्क्रमणदर बढ्दै गएको छ भने मृत्यु हुनेदर पछि बढ्दै गएको छ । 

सबैभन्दा बढी अमेरिका, बेलायत र रुसमा कोरोनाले फेरि जोखिम बढेको छ । अमेरिका र बेलायतमा कोरोनाका कारण मृत्यु हुनेदर दैनिक एक हजार नाघेको छ भने बेलायतमा कोरोना सङ्क्रमणदर र मृत्यु हुनेदर पनि उच्च हुँदै गएको छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठनले आगामी सन् २०२२ सम्म कोरोना महामारी लम्बिने चेतावनी दिएको छ । कोरोनाविरुद्धको खोपको समान पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ सम्म लम्बिन सक्ने संगठनले बताएको छ । 

धनी मुलुकहरूले खोपमाथि आधिपत्य जमाएका कारण गरिब मुलुकले कोरोनाविरुद्धको खोप पाउन नसकेका कारण जोखिम बढ्न सक्ने संगठनको भनाइ छ । 

Last modified on 2021-10-24 06:55:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts