बेलायतमा कोरोना संक्रमणको दर फेरि ५० हजार पुग्यो, अमेरिकामा मृत्युदर बढ्दै



Download our app to get more features

एजेन्सी, २ कात्तिक । बेलायत र अमेरिकामा कोरोना संक्रमणको दर अझै नियन्त्रणमा आउन सकेको छैन । 

कोरोनाको तेस्रो लहरका कारणका कारण प्रभावित बनेको अमेरिका र बेलायतमा निरन्तर नयाँ संक्रमित थपिने र मृत्यु हुनेदर बढ्दै गएको छ ।

कोरोनाको पहिलो र दोस्रो दुबै चरणको लहरमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिका र बेलायतमा तेस्रो लहरका कारण संक्रमण र मृत्युदर फेरि बढ्दै गएको छ ।

पछिल्लो एक महिनादेखि अमेरिका र बेलायतमा निरन्तर ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छ । बेलायतमा पछिल्लो एक सातादेखि ४० हजारभन्दा बढीमा संक्रमण देखिन थालेको छ भने अमेरिकामा संक्रमण दर ५० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ । तर, अमेरिकामा ६ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु हुने गरेको छ भने बेलायतमा मृत्युदर तेस्रो लहरमा मृत्युदर कम रहेको छ ।

गत २४ घन्टामा अमेरिकामा ५१ हजार १ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ सय ६० जनाको मृत्यु भएको छ । यस्तै बेलायतमा ४९ हजार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५ जनाको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ८४ लाख ९७ हजार ८ सय ६८ पुगेको छ भने १ लाख ३८ हजार ६ सय २९ जनाको मृत्यु भएको छ ।

यस्तै अमेरिकामा हालसम्म कोरोनाका कारण संक्रमितको संख्या ४ करोड ५९ लाख २ हजार ५ सय ७५ पुगेको छ भने ७ लाख ४६ हजार ४ सय १५ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-10-20 09:18:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts