कोरोना महामारीः विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित, रुसमा सङ्क्रमणदर बढ्दै



Download our app to get more features

एजेन्सी, २७ असोज । कोरोना भाइरसका कारण महामारी सुरु भएको झन्डै २ वर्ष हुन लागेको छ । सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म २३ करोडभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ४७ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अझै कोरोनाका कारण मानिसहरू सङ्क्रमित हुने क्रम जारी नै छ । यो महामारी अझै कति समयसम्म रहीरहने हो कसैलाई थाहा छैन । 

कोरोनासम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटर र विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका विभिन्न चरणका कारण विश्वभर कोरोना सङ्क्रमणको दर घटबढ भइरहेको छ । तर, शून्यमा भने झरेको छैन । जुन मुलुकमा कोरोना सङ्क्रमणको दर शून्यमा झरेको छ, त्यहाँपनि कोरोनाको अर्को लहर सुरु भइसकेको छ । जसका कारण आगामी दिनमा कोरोनाको थप कति लहर आउने हो भन्ने पनि कसैलाई यकिन छैन । 

दुई वर्ष हुनै लाग्दा विश्व वैज्ञानिकहरूले कोरोना भाइरसबारे ठोस तथ्य फेला पार्न सकेका छैनन् भने यसको ठोस औषधि, उपचार पनि फेला परेको छैन । एक मात्रै जोगिने उपायस्वरुप कोरोनाविरुद्धको खोप विकास भएपनि त्यसले कोरोनाका भेरिएन्टमा कतिको प्रभावकारी हुनेछ भन्ने पनि यकिन भन्न सकिएको छैन । यी सब कारणले पनि कोरोनाका कारण जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सावधानीलाई आफ्नो दैनिक जीवनमा लागू गर्न चिकित्सकहरूले आग्रह गर्ने गरेका छन् । 

सन् २०१९ मा सुरु भएको कोरोनाको हालसम्म विभिन्न मुलुकमा गरी ५ औँ लहरसम्म सुरु भइसकेको छ । विभिन्न मुलुकमा कोरोनाविरुद्धको खोप लगाइएपनि कोरोनाका विभिन्न चरणका लहर सुरु भएको अवस्थामा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुकहरूको अवस्था कस्तो छ ? हेरौं :

अमेरिका : अमेरिकामा अहिले तेस्रो चरणको लहर जारी छ । कोरोनाको तीन वटै चरणको लहरमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म ४ करोड ५४ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ७ लाख ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतः भारतमा हालसम्म कोरोनाका कारण ३ करोड ४० लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ४ लाख ५१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

ब्राजिलः ब्राजिलमा हालसम्म कोरोनाका कारण २ करोड १५ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ६ लाख १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

बेलायतः बेलायतमा हालसम्म ८ लाख २३ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १ लाख ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

रुसः रुसमा हाल कोरोनाको तेस्रो लहर जारी छ । हालसम्म रुसमा कोरोनाका कारण ७ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २ लाख १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

टर्की र फ्रान्समा ७ लाखभन्दा बढी सङ्क्रमित छन् भने मृत्यु हुनेको सङ्ख्या फ्रान्समा १ लाख १७ हजार र टर्कीमा ६६ हजारभन्दा बढी रहेको छ । 

यस्तै इरानमा ५ लाख ७२ हजारभन्दा बढी सङ्क्रमित छन् भने १ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । जबकी अर्जेन्टिनामा १ लाख १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ५ लाख २६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् ।

कोलम्बियामा ४ लाख ९७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १ लाख २६ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी इटलीमा ४ लाख ७० हजारभन्दा बढी सङ्क्रमित हुँदा १ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

जर्मनी र इन्डोनेशियामा ४लाख भन्दा बढी सङ्क्रमित भएका छन् । इन्डोनेशियामा १ लाख ४२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने जर्मनीमा ९५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मेक्सिकोमो ३ लाख ७२ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

पोल्याण्ड, साउथ अफ्रिका, फिलिपिन्स, युक्रेन, मलेशिया, पेरु लगायतका मुलुकमा २ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् । पेरुमा हालसम्म १ लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

Last modified on 2021-10-17 16:54:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts