विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २४ करोड नाघ्यो, ४९ लाखभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, ३० असोज । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ लाख नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरको अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ३६ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय विश्वभर कोरोना संक्रमणको दर घटेपनि अधिकांश मुलुकमा कोरोना महामारीको तेस्रो चौथो लहरका कारण संक्रमण दर उच्च रहेको छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा ९२ हजार ९ सय ६६, बेलायतमा ४४ हजार ९ सय ३२, रुसमा ३२ हजार १ सय ९६, टर्कीमा ३० हजार ६ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २४ करोड ८ लाख ३३ हजार ३ सय १० पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ लाख ४ हजार ७ सय ५७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर ६ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । 

गत २४ घन्टामा अमेरिकामा १ हजार ७ सय ५, रुसमा ९ सय ९८, ब्राजिलमा ५ सय २६, रोमानियामा ३ सय ६३, मेक्सिकोमा ३ सय ८१ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ लाख ४ हजार ७ सय ५७ पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये २१ करोड ८१ लाख ४ सय ३० पुगेको छ ।

Last modified on 2021-10-17 16:55:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts