कोरोना सङ्क्रमितले दसैँंमा खानपान गर्दा के–के ध्यान पुर्याउने ?



Download our app to get more features

यतिखेर विश्व कोरोना महामारीसँग जुधिरहेको छ । नेपालमा पनि कोरोना सङ्क्रमितको संख्या बढ्दै गर्दा पछिल्लो दुई वर्षदेखिको दसैँ कोरोनासँगै मनाउनु परिरहेको छ । २०७८ सालको दसैँ पनि घरदैलोमै आइपुगेको छ । दसैँ भन्नेबित्तिकै मासु र विभिन्न परिकारका खानेकुरा खाएर हर्षोउल्लासको साथ मनाउने चाड भनेर बुझिन्छ । 

धेरै कोरोना सङ्क्रमित यतिखेर होम आइसोलेसन वा अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा छन् । कोरोना सङ्क्रमितले दसैँंमा खानपानमा कस्तो ध्यान पुराउन पर्ला भन्ने खुलदुली सङ्क्रमित र परिवारजनमा हुन सक्छ ।  

कोरोना सङ्क्रमण भएकाहरूले दसैँमा त्यस्तो अरु स्वस्थ मानिसभन्दा बेग्लै किसिमको खाना खान पर्दैन । सामान्य स्वस्थ मानिसले झै मासु वा अन्य परिकार खान सकिन्छ । तर खाँदाखेरी धेरै चिल्लो, बोसोयुक्त र मसला हालेको मासु सकेसम्म नखादा उचित हुन्छ । कोरोना सङ्क्रमितमा उच्च रक्तचाप, सुगर, हाइ कोलेस्टेरोल जस्तो समस्या छ भने दसैँको खानपानले समस्या निम्त्याउन सक्छ । 

साथै दसैँंको बेला हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपान सेवन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । झोल खानेकुराहरू पशस्त, सागपात र फलफुललाई पनि खानामा समाबेश गर्नुपर्छ । सबै खानेकुरा मिलाएर सन्तुलित भोजन गर्नुनै कोरोनाविरुद्ध आफ्नो शरीरको लड्ने प्रतिरोधात्मक क्षमता बढाउने उपाय हो ।
 

Last modified on 2021-10-16 10:47:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts