विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या २३ करोड नाघ्यो, ५१ लाखभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, १ मंसिर । विश्वरभर कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या २३ करोड नाघेको छ ।

कोरोना महामारी सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर रहेका कोरोनाका कारण सक्रिय संक्रमितमध्ये ४ लाख ३९ हजार ४ सय ७० जना स्वस्थ भएका छन् । 

योसँगै विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ करोड ५ लाख ७९ हजार ६ सय ६९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ७ हजार ४ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ लाख २९ हजार ६ सय ४ पुगेको छ । 

गत २४ घन्टामा अमेरिकामा १ हजार २ सय ८२ र रुसमा १ हजार २ सय ४० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

अमेरिका र रुस कोरोना माहामारीका कारण पछिल्लो समय बढी प्रभावित हुन थालेको छ । 

गत २४ घन्टामा विश्वभर ४ लाख ९८ हजार ४ सय ३० नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या २५ करोड ५० लाख ७१ हजार १ सय ३१ पुगेको छ ।

Last modified on 2021-11-17 16:46:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts