बेलायतमा आजदेखि कोरोनाविरुद्धको बुस्टर खोपका लागि नाम दर्ता गर्न सकिने



Download our app to get more features

एजेन्सी, २७ मंसिर । आजदेखि बेलायतमा भने कोरोना भाइरसविरुद्धको बुस्टर खोपका लागि नाम दर्ता खुल्ला गर्ने तयारी भएको छ । 

आजदेखि ३० वर्ष उमेरभन्दा माथिका व्यक्तिलाई बुस्टर खोपका लागि नाम दर्ता खुल्ला गर्ने तयारी भएको बीबीसीले जनाएको छ । त्यहाँ कोरोनाको दोस्रो मात्रा लगाएको तीन महिनामा बुस्टर खोप दिने योजना रहेको स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव साजित जाबिदले बताए । 

यसअघि दोस्रो मात्रा लगाएको ६ महिनापछि मात्रै बुस्टर दिने योजना थियो । कोरोनाविरुद्धको बुस्टर खोपले ओमिक्रोनसँग लड्न सहयोग गर्ने उनको विश्वास छ । 

बेलायतमा कोरोनाको नयाँ उत्परिवर्तित स्वरुप ओमिक्रोनका कारण बिरामीहरू अस्पताल भर्ना हुन थालेका छन् । 

बेलायतका शिक्षा मन्त्री नदीम जहावीले राजधानी लण्डनमा पछिल्लो केहि दिनदेखि ओमिक्रोनका कारण सङ्क्रमित भएका बिरामीहरू अस्पताल भर्ना हुने क्रम बढेको बताए । 

उनले ओमिक्रोनका कारण हालसम्म कसैको पनि मृत्यु नभएको तर, अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी दिए । 

साथै उनले कोरोनाको दुई मात्रा खोप लगाइसकेकालाई बुस्टर मात्रा लगाउन पनि आग्रह गरे ।

Last modified on 2021-12-13 10:44:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts