भारतमा थप ९ जनामा ओमिक्रोन पुष्टि, डेढ वर्षको बालिकापनि संक्रमित



Download our app to get more features

एजेन्सी, २५ मंसिर । भारतमा थप ९ जनामा कोरोनाको ओमिक्रोन भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार साढे १ वर्षको बच्चासहित थप ९ जनामा शुक्रवार ओमिक्रोनको संक्रमण देखिएको हो । नयाँ संक्रमितमध्ये ७ जना महाराष्ट्रका र २ जना राजधानी दिल्लीका हुन् । योसँगै हालसम्म भारतमा ३३ जनामा कोरोनाको ओमिक्रोन पुष्टि भइसकेको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

विज्ञहरुका अनुसार १८ वर्ष मुनिका बालबालिकाले हालसम्म कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण उनीहरुमा कोरोनाको संक्रमण देखिएको हुन सक्छ । तर, छिटै यदि उनीहरुलाई कोरोनाविरुद्धको खोप लगाइएन भने अवस्था भयावह बन्न सक्नेछ । 

भारतमा कोभिन नामक कोरोनाविरुद्धको खोपलाई अनुमति दिइएको छैन ।

ओमिक्रोन देखिएकामध्य ४ जना बालबालिका रहेका छन् । 

Last modified on 2021-12-12 07:05:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts