विश्व स्वास्थ्य संगठनले भन्योः ओमिक्रोन भेरिएन्टमा कोरोनाविरुद्धको खोप प्रभावकारी छ



Download our app to get more features

एजेन्सी, २२ मंसिर । विश्व स्वास्थ्य संगठनले हाल फेला परेको ओमिक्रोन भेरिएन्टमा कोरोनाविरुद्धको खोप प्रभावकारी रहेको बताएको छ ।

संगठनका आपतकाल विभागका प्रमुख डक्टर माइक र्यानले कोरोनाविरुद्धको खोप हाल फेला परेको कोरोनाको ओमिक्रोन भेरिएन्टमा प्रभावकारी नभएको कुनै प्रमाण पुष्टि नभएको बताएका छन् ।
 
डक्टर र्यानले भने, हामीसँग पर्याप्त प्रभावकारी कोरोनाविरुद्धको खोप छ । जुन गम्भीर रोग र अस्पतालमा भर्ना भएकाहरुमा हालसम्म देखिएका कोरोनाको भेरिएन्टमा प्रभावकारी देखिएको छ । त्यसकारण ओमिक्रोनमा कोरोनाविरुद्धको खोप प्रभावकारी छैन भनेर सोच्नु आवश्यक छैन ।
 
सुरुवाति तथ्याङ्कलाई हेर्ने हो भने ओमिक्रोनले डेल्टा र अन्य भेरिएन्टको तुलनामा कम मानिसलाई संक्रमित गरेको हुँदा हालसम्म यसले गम्भीर हुने तर्फ कुनै संकेत नगरेको उनको भनाइ छ ।

Last modified on 2021-12-08 12:01:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts