भारतमा कोरोनाको ओमिक्रोनका कारण सङ्क्रमणदर बढ्दै, २३ जनामा सङ्क्रमण पुष्टि



Download our app to get more features

एजेन्सी, २१ मङ्सीर । भारतमा कोरोनाको ओमिक्रोनका कारण सङ्क्रमणदर तीव्र गतिमा फैलिन थालेको छ ।

भारतको परिवार कल्याण एवं स्वास्थ्य मन्त्रालयका अनुसार तीन दिनमा भारतमा ५ गुणाले ओमिक्रोनको सङ्क्रमणदर बढेको छ । 

सोमवार थप २ जनामा ओमिक्रोन पुष्टि भएपछि भारतमा हालसम्म ओमिक्रोनका कारण २३ जना सङ्क्रमित भइसकेका छन् । 

आइतवार मात्रै पाँच गुणाले वृद्धि भएको देखिएको छ । शनिवार ४ जनामा मात्रै ओमिक्रोन देखा परेकोमा आइतवार एकैदिन १८ जनामा पुष्टि भएको थियो । सोमवार थप २ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
महाराष्ट्र राज्यमा १० जना, सबैभन्दा बढी राजस्थान राज्यको जयपुरमा ९ जना, गुजरात र दिल्लीमा गरी १÷१ जना र कर्नाटनकमा २ जना गरी २३ जनामा कोरोनाको ओमिक्रोन पुष्टि भएको छ । हालसम्म भारतको ४ राज्यमा ओमिक्रोन फैलिसकेको छ ।

भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि तेस्रो चरणको लहरको चिन्ता पनि बढेको छ । 

भारतका उच्च अधिकारीहरूले यदि यसरी नै कोरोनाको ओमिक्रोन पुष्टि हुँदै जाने हो भने अबको केहि समयमै तेस्रो चरणको लहर भित्रिने चेतावनी दिएका छन् ।

Last modified on 2021-12-07 11:43:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts