भारतमा ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई लगाउन मिल्ने खोपलाई अनुमति



Download our app to get more features

एजेन्सी, १४ वैशाख । भारतमा कोरोना महामारीको चौथो लहरको जोखिम बढे पछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेका छन् । 

भारतको उत्तर प्रदेश, राजधानी दिल्ली, महाराष्ट्र लगायतका राज्यमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रधानमन्त्री मोदीले आज मध्याह्न सवा १२ बजेबाट मुख्यमन्त्रीहरूसँग छलफल गर्नेछन् । 

छलफलमा कोरोनाको नयाँ सङ्क्रमणदरको अवस्था, कोरोनाविरुद्धको खोप अभियान, पूर्व तयारी लगायतका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच, भारतले ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने कोरोनाविरुद्धको खोपलाई अनुमति दिएको छ । 

भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिनलाई ६ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाउन आपतकालिन अनुमति दिइएको स्वास्थ्यमन्त्री मन्सुक मान्डव्यले जानकारी दिएका छन् । 

Last modified on 2022-04-28 11:38:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts