देशभर ३ हजार ६ सय २८ कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं,१२ जेठ । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ३ हजार ६ सय २८ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार २५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १४ र १ हजार ६ सय ३ एन्टीजेन परीक्षण गर्दा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये १३ जना स्वस्थ भएका छन् । योसँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार २४ पुगेको छ।

गत २४ घन्टामा ६३ हजार ३ सय ८५ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या १ सय २९ रहेको छ । 

Last modified on 2022-05-27 10:45:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts