केसीको समर्थनमा नाङ्गैखुट्टा सडकमा ओर्लिए धनुषाका १० वृद्ध (फोटो फिचर)
काठमाडौं,१५ असोज । बिहान को ११ बज्दै थियो । मइतीघरमण्डला परिसरमा मानिसहरु भेला हुँदै थिए । आइएम विथ गोविन्द केसी, लोकमानतन्त्रको अन्त्य होस, हो हामी पागल हौ जस्ता नारा लेखिएका 'ब्यानर' र 'प्लेकार्ड' हातमा बोकेर भेला भएका मानिसहरु बानेश्वर तर्फ लम्किदै थिए ।
घामले माइतीघर – बानेश्वर सडकको 'पीच' तातेर सबैलाई अत्याइरहेको थियो । त्यही भीडमा केही यस्ता फरक अनुहारहरु देखिए । उमेरले ६० काटिसकेका उनीहरुको अनुहार दारीले भरिएको थियो । टाउको पहेंलो फेटाले गुथिएको थियो । घाम र तातो पीचको वेवास्ता गर्दै नाङ्गै खुट्टा त्यही भीडसँगै उनीहरु पनि बानेश्वर तर्फ लम्किदै थिए ।
अधिकांश युवाहरुको जमातमा चम्किलो अनुहार लिएर १० जना वृद्धहरु होस्टेमा हैसे गर्दै चिकित्सक गोविन्द केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाइरहेका थिए ।
सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सद्वारा अयोजित उक्त प्रदर्शनमा सहभागी हुन उनीहरु हिजोमात्र धनुषाबाट राजधानी आएका हुन् ।
अग्लो कद, हसिलो मुहारमा युवाको जमातसँगै नागैंखुट्टा प्रदर्शनमा हिडिरहेका धनुषा भगवानपुर –७ का रामप्रकाश मण्डल यो सहित ४ पटक गोविन्द केसीको सत्याग्रहमा समर्थन जनाउन राजधानी आएका हुन् ।
काठमाडौं आइपुगेका उनीहरुले विहानै केसीलाई भेट गरेका थिए । सोही क्रममा आज केसीको समर्थनमा प्रदर्शन हुँदैछ भन्ने थाहा पाएर माइतीघर आएको उनीहरुले बताए ।
उनले भने 'म सँग धनुषाबाट १० जनाको टोली आएको छ , हामी सबैजनाको यो चौथो पटक हो ।'
गोविन्द केसीले उठाएका सबै माग बारे यी वृद्धहरु धेरै जानकार त छैनन् तर भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ र स्वास्थ्य क्षेत्रको सुधारका लागि उठाएका मागहरु जायज हुन् भन्ने उनीहलाई लागेको रहेछ ।
उनले भने 'केसीले उठाएका मागहरु जायज छन् , उहाँ एकदमै राम्रो मान्छे हो, उहाँले जनताको बोली बोलिराख्नु भएको छ त्यसका लागि हामी उहाँलाई सम्मान गर्छौ ।'
१० जनाको टोलीसँगै आएका अर्का वृद्ध अक्षयलालले भने (उनकै लवजमा) 'हाम्रो गाउँमा पनि स्वास्थ्य चौकी हरु त छन् तर तिनीहरुको सेवा राम्रो छैन, डाक्टरहरु पनि बस्दैनन्, हामीले सारै दुख पाइरहेछौ, केसीले पनि हामी जस्तै जनताले दुख नपाउन भनेरै यो आन्दोलन गरेका हुन् त्यसैले समर्थन गर्न हामी यहाँसम्म आइपुगेका हौं ।'
-
View Other Stories by Author >>
1 Comments
-
Im with #DrGKC bCoz Im Nepali we are proud of him.
