आईओएमका आवासीय चिकित्सक आन्दोलनमा 

डा. केसीको समर्थनमा ओपीडी सेवा प्रभावित 

What's This?


Download our app to get more features

काठमाण्डौं, १७ असोज । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका आवासीय चिकित्सकहरु अनसनरत डा. गोविन्द केसीको समर्थनमा उत्रिएका छन् । उनीहरुले मंगलबारबाट ओपीडी लगायतमा काम नगर्ने भएका छन् ।

एक विज्ञप्ती जारी गर्दै उनीहरुले ओपीडी लगायतका काम नगर्ने तर आकस्मिक र शल्यक्रियाका काम भने जारी राख्ने जनाएका छन् । डा. केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकोले बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु परेको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अनुसार आईओएमका आवासीय चिकित्सकहरु आइतबारदेखि नै पठनपाठनमा सहभागी भएका छैनन् ।

शैक्षिक कार्यक्रम अन्तरगतका अपरेशन (ओटी) र इमर्जेन्सीबाहेकका काममा सहभागी नहुने एशोसिएसनले जनाएको छ । एशोसिएसनले डा. केसीको मागमा आफ्नो समर्थन र ऐक्यवद्धता रहेको भन्दै माग पूरा गर्न सरकारसँग माग समेत गरेको छ ।

विज्ञप्ति हेर्नुहोस्

Last modified on 2017-08-14 15:28:55

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts