डा. केसीको समर्थनमा पठनपाठन बन्द गरिने

What's This?


Download our app to get more features

काठमाण्डौं, ३ मङ्सिर । ६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनले आउँदो आइतबारदेखि शिक्षण अस्पतालको सम्पूर्ण पठनपाठन ठप्प पार्ने घोषणा गरेको छ ।

रेजिडेन्ट डक्टर्स एशोसियसनले शुक्रबार विज्ञप्ति जारी गर्दै अनशन बसेको छ दिन हुँदापनि सम्बन्धित निकायबाट ठोस पहलनभएको भन्दै हातमा कालोपट्टी बाँधेर आइतबारदेखि सम्र्पू्ण पठनपाठन कार्यक्रममा सहभागी नहुने जनाएको हो । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘अनसनको छैठौं दिन भइसक्दापनि सम्बन्धित निकायले कुनै पहल गरेन, डा. केसीको स्वास्थ्य स्थिति क्रमिक रुपमा बिग्रदै जाने कुरालाई ध्यानमा राखेर चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छौं ।’ साथै डा. केसीका मागका सम्बन्धमा सम्बन्धित पक्षलाई तत्काल माग सम्बोधन गरेर निस्कर्षमा पुर्याउन दबाव दिने उद्देश्य आन्दोलन काकार्यक्रम घोषणा गरेको एशोसियसनले जनाएको छ । 

डा. केसीले अनसन सुरु गरे लगत्तै एमबीबीएस विद्यार्थी र रेजिडेन्ट डक्टर्सले बुधबारदेखि  हातमाकालो पट्टि बाँधेर आन्दोलन थालेका छन् ।

एसोसियसनले अस्पतालको इमरजेन्सी, वार्ड र ओपीडी सेवामा भने सहभागी हुने उल्लेख गर्दै केसीको सत्याग्रहलाई सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेको छ ।
 

Last modified on 2017-08-03 15:03:56

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts