डा. केसीको माग बारे मन्त्रीपरिषद्को बैठकमा आजै छलफल गर्छु : स्वास्थमन्त्री थापा 

What's This?


Download our app to get more features

काठमाडौँ, १४ मंसिर । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आज शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान ‘आइओएम’ का डिन डा केपी सिहसँग छुट्टाछुट्टै छलफल गरेका छन् । 

भेटका क्रममा मन्त्री थापाले डा. केसीको स्वास्थ्य अवस्थामा जानकारी लिई समस्या समाधानका लागि आफुले उच्च स्तरीय राजनीतिक तहमा उच्चस्तरिय छलफल गर्ने बताएको मन्त्री थापाका  प्रेस सल्लाहाकार जीवन भण्डारीले जानकारी दिए । आज साँझ पाँच बजे बस्ने मन्त्रीपरिषद्को बैठकमा डा. केसीको मागलाई विशेषरुपमा राख्ने पनि मन्त्री थापाले डा. केसीलई आश्वासन दिएका छन् ।  मन्त्री थापाले डा. केसीलाई पनि लचकता अपनाउन पनि सुझाएका छन् । 

Last modified on 2017-07-31 13:56:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts