चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका डीन केपी सिंहद्वारा राजीनामा

What's This?


Download our app to get more features

काठमाण्डौं, १७ मंसिर । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका नवनियुक्त डीन केशव प्रसाद सिंहले राजीनामा दिएका छन् । अनसनरत डा. गोविन्द केसीको प्रमुख मागमा सिंहको राजीनामा वा बर्खास्तगी पनि थियो । वरिष्ठताका आधारमा आइओममा डिन नियुक्त गर्नुपर्ने डा. केसीको माग छ ।
नेपाल चिकित्सक संघ र आइओएमका प्राध्यापकहरुको आग्रहमा सिंहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया समक्ष राजीनामा दिएका हुन् । डा. केसीले आइओएममा वरिष्ठताका आधारमा डा. जगदिश अग्रवाललाई नियुक्त गर्नुपर्ने माग गरेका छन् । सिंहको राजीनामापछि डा. केसी र सरकारी प्रतिनिधिबीचको वार्ता निष्कर्षमा पुग्ने सम्भावना बढेको छ ।वरिष्ठता क्रम तोडेर विश्वविद्यालयले सिंहलाई डिनमा नियुक्त गरेको भन्दै डा. केसीले अनसन थालेको २० दिन हुँदासम्म चौतर्फी विरोध बढेपछि सिंहले राजीनामा दिएका हुन् ।

Last modified on 2017-07-25 15:30:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts