पाल्पा: भाइरल इन्फ्लुयन्जाको सङ्क्रमणले विद्यालय बन्द

What's This?


Download our app to get more features

फागुन २०, पाल्पा । गोरखनाथ माध्यमिक विद्यालय मित्याल, पाल्पामा अध्ययनरत विद्यार्थीमा भाइरल इन्फ्लुयन्जाको सङ्क्रमण देखापरेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीमा एक हप्ताअघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापरेपछि पठनपाठन प्रभावित भएको शिक्षक भुवन थापाले बताउनुभयो ।

विद्यार्थी र शिक्षकमा समस्या थपिँदै गएपछि जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सिनियर अहेब ईश्वरीप्रसाद न्यौपानेसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणबाट १२४ जना विद्यार्थी र २० जना शिक्षक कर्मचारीमा भाइरल इन्फ्लुयन्जाको सङ्क्रमण देखिएको अर्चले स्वास्थ्य चौकीका प्रमुख मीनबहादुर रानाले बताउनुभयो । भाइरल इन्फ्लुयन्जा देखिएका विद्यार्थी र शिक्षकलाई जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क औषधि उपचार गरेको छ ।

भाइरल इन्फ्लुयन्जाको सङ्क्रमण अन्य व्यक्तिमा सर्ने र सङ्क्रमण सर्ने डरले तीनदिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक पूर्णबहादुर सोमैले जानकारी दिनुभयो ।

-रासस

Last modified on 2016-03-03 13:06:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts