डा. केसीलाई शिक्षण अस्पतालको नाक कान घाँटी भवनमा राखियो, अनशन जारी रहेको केसीको विज्ञप्ति



Download our app to get more features

काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई जबर्जस्ती काठमाण्डौ ल्याइएसँगै उनलाई शिक्षण अस्पताल महाराजगञ्जको नाक कान घाँटी विभागमा राखिएको छ । 

डा. केसीले राजधानी आए लगत्तै विज्ञप्ति जारी गर्दै आफ्नो आमरण अनशन जारी रहेको बताएका छन् । डा. केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सरकारी टोलीले जबर्जस्ती काठमाण्डौ ल्याइएसँगै महाराजगञ्जथित शिक्षण अस्पतालमा राखिएको हो । उनलाई शिक्षण अस्पताल ल्याइएसँगै नाक कान घाँटी विभागमा राखिएको छ । डा. केसीसँग कसैलाई पनि भेट्न नदिइएको जनाइएको छ ।

उनलाई समान्य बेडमा राखिएको त्यहाँबाट हाम्रो डक्टरकर्मी मधुसुदन ढकालले जानकारी दिए । 

Last modified on 2018-07-20 08:15:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts