विश्व इम्ब्रोलोजिस्ट दिवस

'टेष्टट्यूव बेबी' जन्माउन चाहिने इम्ब्रोलोजिस्ट को हुन् ? 



Download our app to get more features


आज अन्तर्राष्ट्रिय इम्ब्रोलोजिस्ट दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

निःसन्तान दम्पत्तिहरुका लागि एकदमै महत्वपूर्ण मानिएको आईभीएफ विधिबाट सन्तान जन्माउनका लागि भ्रुण विकास गर्ने काम इम्ब्रोलोजिस्टहरुको हो । यो प्रकृया पुरुषको शुक्रकिट र महिलाको अण्डलाई शरीर बाहिरै उचित तापक्रम र प्रकृया मिलाई गर्ने गरिन्छ । लुइ ब्राउन नामक व्यक्तिको जन्म आईभीएफ विधिबाटै सफलतापुर्वक भएको र आज उनको ४० औं जन्मदिवसको भएकाले इम्ब्रोलोजिस्ट दिवस मनाइँदै गरेको हो । महिलाको पाठेघरमा बाहिरै विकसित गरिएको भ्रुणलाई राख्ने महत्वपूर्ण काम इम्ब्रोलोजिस्टको हो । उनीहरुकै सफल प्रयासका कारण कैयौं निःसन्तान दम्पत्तिले सन्तान सुख प्राप्त गरेका छन् ।

आईभीएफ विधिको विकास भएको पनि ४० वर्ष वितिसक्यो तर नेपालमा भने अझैं दक्ष इम्ब्रोलोजिस्टको कमी छ । नेपालमा अझै आइभिएफ प्रकृयाका लागि आवश्यक पर्ने क्लिनिकल इम्ब्रोलोजिष्टको पढाई हुन्न । साथै, आईभिएफ प्रकृया सिकाउने पनि कुनै पढाई हुन्न । जसले गर्दा यसको विशेषज्ञ बन्न भारत वा तेश्रो मुलुक गएर महंगो मूल्यमा तालिम, फेलोसिप वा अध्ययन गर्नुपर्ने बाध्यता छ । अझै कतिपय आईभिएफ सेन्टरमा त अझैपनि आइभिएफ गर्नका लागि भारतबाट इम्ब्रोलोजिस्ट मगाउनुपर्ने अवस्था छ ।

जे होस् पछिल्लो समयमा आइभिएफ विशेषज्ञता सहितका चिकित्सकको संख्या बढ्नु र आइभिएफ सेन्टरको संख्या बढ्नुले निःसन्तान दम्पतिका लागि सहज भएको छ । काठमाण्डौ बाहिर पनि थुप्रै ठाउँमा आइभिएफ सेन्टरको स्थापना भएको छ । जसले गर्दा यो प्रकृयामा आवश्यक पर्ने इम्ब्रोलोजिस्टको संख्यामा पनि विस्तारै वृद्धि हुँदै छ । निःसन्तान दम्पतिका लागि वरदान सावित भएको आईभिएफ प्रविधि सञ्चालनका लागि यो सुखद कुरा हो । 
 

Last modified on 2018-07-25 20:16:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts