युवाको रगतमा ‘बुढ्यौलीका रोग रोक्ने गुण’



Download our app to get more features

बीबीसी / जीवन स्वस्थ र दीर्घ बनाउन एक नयाँ उपाय पत्ता लागेको छ । त्यो हो आफ्नो शरीरमा जवान व्यक्तिको रगत हाल्ने । यूनिर्भसिटी कलेज लण्डनका वैज्ञानिकहरुका अनुसार युवाहरुको रगतले बुढ्यौलीमा देखिने विस्मृति, क्यान्सर, मुटु सम्बन्धी रोग रोक्न सक्छ । नेचर जर्नलमा प्रकाशित सो अध्ययनले जनावारमा गरिएको परीक्षण सकारात्मक भएको जनाएको छ । जवान मुसाको रगत दिएपछि पाका मुसाहरुमा बुढ्यौलीमा देखिने रोगहरु नदेखिएको जनाइएको छ । 

यसको अर्थ स्वस्थ रहन सघाउने तत्वहरु बारे थाहा पाउन रगतको अझ गहन अध्ययन हुनुपर्छ । ब्रिटिस वैज्ञानिकहरुले थप अध्ययन आवश्यक रहेको बताएका छन् । यो  विषयमाथिको अध्ययनमा अमेरिका अझै अगाडी देखिएको छ । सानफ्रान्सिस्कोस्थित एक कम्पनीले त मानिसहरुमाथि नै यो परीक्षण गर्दै आएको छ । ‘एम्बोसियाले’ किशोरी किशोरीहरुबाट संकलित प्लाज्मा ८ हजार डलरमा बेच्छ । सो कम्पनीले यसरी गरिएको परीक्षणका क्रममा कोलेस्ट्रलजन्य समस्या घटेको जनाएको छ ।

मुसामा १५० वर्ष अघि गरिएको परीक्षणबाट प्रभावित भएर यो अध्ययन गरेको कम्पनीले जनाएको छ । दुई वटा मुसाको रक्तसंचार शल्यक्रियामार्फत जोडिदिदा सञ्चालित रगतले तिनका अंग, मांशपेसी र स्टेम सेललाई पुर्नताजगी प्रदान गरेको अध्ययनहरुले देखाएका छन् । युवाहरुबाट रगत किन्ने विषय नैतिक विषय पनि हो । यद्यपि, यो विधिबाट फाइदा पुग्छ भन्ने चिकित्सकीय आधार नभएको आलोचकहरुको भनाइ छ । 

Last modified on 2018-09-25 07:13:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts