साढे सात महिनापछि न्याम्सले पायो उपकुलपति, सबै पदाधिकारीले आज पत्र बुझ्दै 



Download our app to get more features

काठमाडौं, १ चैत । साढे सात महिनादेखि रिक्त रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारीले आज पत्र बुझ्दै छन् ।

विहिबार सत्ता साझेदार दल नेकपा र संघीय समाजवादी फोरमबीच न्याम्सका लागि उपकुलपतिसहित पदाधिकारीहरुका विषयमा सहमति भएसँगै पदाधिकारी नियुक्त गरिएको छ  ।

न्याम्सको उपकुलपतिमा डा. डिएन शाहले जिम्मेवारी पाएसँगै अन्य पदाधिकारी पनि नियुक्त भएका छन् । 

न्याम्सको रेक्टारमा डा सुवोध अधिकारी, रजिष्ट्रारमा डा. दिलिप शर्मा र डिनमा डा. पियुस दाहाल नियुक्त भएका छन् ।

त्यसैगरी, लामो समयदेखि रिक्त रहेको वीर अस्पतालको निर्देशकमा डा. केदार सेञ्चुरी,   ट्रमा सेन्टरका निर्देशकमा डा. प्रमोद यादव नियुक्त भएका छन् ।

Last modified on 2019-03-16 07:14:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts