विश्व योग दिवस

एल्लोपेथीक डाक्टर सुभाषले देखाए योग अभ्याँसका ८ फाइदा



Download our app to get more features

योग शारीरिक, मानसिक एवं सामाजिक रोगको निवारणमात्र होइन एउटा अनुशासित र मर्यादित जीवनपद्धति पनि हो । तर, आधुनिक समाजले लामो समयसम्म ग्रहण गर्न नसकेको योग सभ्यता विस्तारै फेरी विश्वभर फैलँदै छ ।

भारत लगायत युरोप र अमेरिकामा धेरै हदसम्म प्रवद्र्धन भैसकेको योग अभ्याँस र संस्कारलाई नेपालमा पनि प्रवद्र्धन गर्ने उद्देश्यले वर्षमा दुई दिन योग दिवस मनाइन्छ । जुन २१ म विश्व योग दिवस र माघ १ गते राष्ट्रिय योग दिवसका रुपमा योगका बारेमा सतही छलफल हुने गरेको छ । तर, यसलाई व्यापक र जनजनमा पुर्याउने गरी भने काम हुनसकेको छैन । आधुनिक चिकित्सा पद्धति डाक्टर दाँत तथा मुख शल्यचिकित्सक सुभाष घिमिरे पनि नियमित योग गर्न आग्रह गर्छन ।

उनी आफैमा योग अभ्याँसी र यसको प्रचारक पनि हुन् । उनले हाम्रो डाक्टरसंग कुरा गर्दै भने 'योग नियमित गर्नाले औषधिले ठिक नभएको रोग पनि ठिक हुने गरेको छ । त्यसैले आज बाट नै योग सुरु गर्न सल्लाह दिन्छु ।' उनले नसर्ने रोग दिनहँ योग गर्नाले रोकथाम गर्न सकिने बताए । डा. घिमिरेका अनुसार रक्तचाप र मधसमेह तथा मुटु सम्बन्धि रोगको रोकथाममा योगले सहयोग गर्छ । चिन्ताजन्य समस्या, हाडजोर्नी दुखेको, डिप्रेसनजस्ता औषधि खाएर पनि निको नहुने रोग योग नियमित गर्ने मानिसमा तीन महिनामा नै कम भएको विभिन्न अध्ययनले देखाएको डा. घिमिरेले बताए ।

डा. घिमिरेका अनुसार नियमित योग गर्नाले यस्ता फाइदा हुन्छन्

१. चिन्ता तथा तनावलाई कम गर्छ,

२. निद्रा नलाग्ने समस्या हट्छ,

३. मुटुको समस्या कम गर्छ,

४. गुणस्तरीय जिवनस्तर बनाउँछ,

५. खान सिकाउँछ,

६. माइग्रेनको समस्यालाई समाधान गर्छ,

७. फोक्सोको क्षमता बढाउँछ,

८. शरिरमा लचकता कायम गर्छ ।

Last modified on 2019-06-22 15:28:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts