वातावरण प्रदुषित भएपछि दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा 



Download our app to get more features

एजेन्सी, १५ कात्तिक । भारतको सार्वाेच्च अदालतले दिल्ली (एनसीआर) मा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको छ ।

दिपावलीको अवसरमा पट्काइएको पटकासहितका प्रज्वलित सामाग्रीबाट निस्केको धुवाले त्यस क्षेत्रको वातावरणमा अत्यधिक प्रदुषण बढेको भन्दै अदालतले शुक्रबार यस्तो घोषणा गरेको हो । साथै अदालतले एनसिआर क्षेत्रमा ५ नोभेम्वरसम्म सम्पूर्ण निमार्ण गतिविधि रोक्न पनि आदेश दिएको छ । 

एनसिआरमा हावाको गुणस्तर विहीवार राती थप खराब भएको र अहिले गम्भीर स्तरमा रहेको जनाइएको छ । पर्यावरण प्रदुषण तथा प्राधिकरणका प्रमुख भूरे लालले उत्तर प्रदेश, हरियाणा र दिल्लीका मुख्य सचिवलाई वातावरण प्रदुषणलाई थप बढ्न नदिन पत्र पठाइसकेका छन् । 

एनसीआरमा प्रदुषणको स्तर ज्यादा गम्भीर श्रेणीमा प्रवेश गरको छ । यही कारण पर्यावरण प्रदुषण प्राधिकरणले चिसो मौसममा पटाका पट्काउन समेत प्रतिबन्ध लगाएको छ । 
 

Last modified on 2019-11-03 10:40:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts