तेस्रो दिनमै खस्कियो डा. केसीको स्वास्थ्य



Download our app to get more features

डडेल्धुरा, २० कात्तिक । चिकित्सा शिक्षा सुधारको माग गर्दे गत सोमबारबाट अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ । यसअघि २७ दिनसम्म अनसन बसेका डा. केसीको स्वास्थ्य यसपटक भने तीन दिनमै कमजोर बनेको छ । डा. केसीको यो १७ औं अनसन हो । 

अनसनरत डा. केसीको बुधबार बिहान नियमित स्वास्थ्य परीक्षण गरिएको थियो । सो क्रममा उनको रक्तचाप असन्तुलित रहेको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जितेन्द्र कँडेलले बताएका छन् । 

उनका अनुसार बिहान जाँच गर्दा रक्तचाप ९० र ६० पुगेको थियो । डा. केसीले पनि कमजोर फिल गरेको उनको भनाइ छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई जिल्ला अस्पताल सार्ने तयारी भइरहेको छ । 
७ बुँदे माग राख्दै डा. केसी डडेल्धुराको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलामा अनसनरत छन् । चिसो कोठा र मौसम बदलिका कारण अघिल्ला अनसनमा भन्दा यस पटकको अनसनमा डा. केसीको स्वास्थ्य चाडै कमजोर बनेको हुनसक्ने चिकित्सकहको भनाइ छ ।

Last modified on 2019-11-06 16:05:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts