के दीर्घरोगीको मिर्गौला बिग्रेकोे लक्षण देखिँदैन ?



Download our app to get more features

तपाईं कुनै दीर्घरोगी हुनुहुन्छ भने सचेत हुनुहोस्, कुनै संकेत नदेखाई मिर्गौला गुम्न सक्छ । दीर्घरोग नभएकामा भने मिर्गौला बिग्रिएको केही संकेत देखिन्छ । डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्ः

सामान्य व्यक्ति
स्वास्थ्य अवस्था सामान्य भएका तथा कुनै दीर्घरोग नभएकाको मिर्गौला बिग्रिँदै जाँदा केही नपत्याउने लक्षण देखिन्छन् । उकालो–ओरालो गर्दा थकाइ महसुस हुने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, अत्यधिक पानी पिउँदा पनि मुख सुकिरहनेजस्ता लक्षण देखिन्छन् । लक्षण बिरामीअनुसार फरक–फरक देखिन सक्छ । मिर्गौला बढी नै बिग्रिँदै गएको छ भने बिरामीको छाला फुस्रो हुँदै जाने र बिस्तारै छालाको कत्ला नै निस्किन थाल्छ । मिर्गौलाले कामै गर्न नसक्ने अवस्था भइसकेको छ भने शरीरमा पानी जम्मा भएर फुल्न थाल्छ । फोक्सोमा पानी जम्मा हुन सक्छ ।

दीर्घरोगी
कुनै दीर्घरोगले ग्रस्त व्यक्तिको भने मिर्गौलामा समस्या भएको थाहै नहुन सक्छ । दीर्घरोगीमा बाहिर लक्षण नदेखिने र भित्रभित्रै कमजोर बनाएर मिर्गौला ड्यामेजको अवस्थामा पुग्ने खतरा रहन्छ । यस्ता व्यक्तिले वेला–वेलामा मिर्गौला जाँच गराउनु नै खतराबाट बच्ने उत्तम उपाय हो । पिसाब परीक्षण गरेर पनि मिर्गौला स्वस्थ रहे/नरहेको पत्ता लगाउन सकिन्छ । बिग्रिन थालेको सुरुवाती अवस्थामै पहिचान भएर उपचार गरिए मिर्गौला जोगाउन सकिन्छ ।

Last modified on 2019-11-09 07:32:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts