डडेल्धुरामा अनसनरत डा.केसीको सर्मथनमा निकालियो दवाव र्याली



Download our app to get more features

डडेल्धुरा, २२ कात्तिक । डडेल्धुरामा अनसनरत प्रा. डा. गोविन्द केसीको समर्थनमा दवाव र्याली निकालिएको  छ । 

शुक्रबार पेशाकर्मी एवं व्यवसायिक संघसस्थाहरुको अगुवाइमा सदरमुकामको बसपार्कबाट डा. केसी असननरत स्थलसम्म उनको माग सम्बोधन गराउन दबाब र्याली निकालिएको हो ।

‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागी निर्णय गर तथा डा. केसीको जिवनको रक्षा गर’ लगायतका नारा लगाएर उनिहरु सडकमा उत्रिएका छन् । 

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गर्दै दाबाबमुलक र्याली निकालिएको र्यालीमा सहभागि पदमा गुरुङले बताइन। उनिहरुले जिल्ला प्रशासन अगाडी समेत नाराबाजी गरेका थिए ।
 
र्यालीमा सुदूरपश्चिम प्रदेशका सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल पनि सहभागी थिए । बिहिबार पनि नागरिक समाजको अगुवाइमा उक्त र्याली निकालिएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts