जाडो मौसममा तिर्खा लाग्दैन भनेर पानी खान छोड्नुहुन्छ ? ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

चाडपर्व सकिए सँगसँगै जाडो पनि सुरु भएको छ । अबको मौसममा सबै मानिसले विषेश सतर्कता अपनाउनुपर्ने हुन्छ । किनकी जाडो मौसममा पनि मानिसलाई विभिन्न रोगले संक्रमण गर्न सक्छ ।

जाडोयाममा बिहान बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशिल हुन्छन् । साथै धूलोका कण पनि वायुमण्डलको तल्लो तहमा जम्मा हुन्छ । यस्तो बेला माक्स नलगाई घरबाट निस्किए श्वासप्रश्वास, छाला, कोल्ड डाइरिया, खोकी जस्ता रोगले सताउन सक्छ । 

यो मौसमले बिशेषगरि बालबालिकालाई अझै बढी समस्या पार्छ । भाइरसले बालबालिकालाई चाडै आक्रमण गर्ने हुँदा वयस्कको तुलनामा उनीहरू चाडै बिरामी पर्छन । उनीहरूलाई श्वासप्रश्वास, खोकी र डायरिया जस्ता समस्या यो बेला बढी देखापर्छ । 

गर्मीमा जास्तो जाडोमा शरीरबाट पसिना नआउने हुँदा मानिसलाई तिर्खा कम लाग्छ । तिर्खा लागेन भनेर पानी नै नखाने प्रवृति छ । खाइहाले पनि थोरै मात्रामा खाने गर्छन् । जसले शरीरलाई बेफाइदा गर्छ । शरीरमा पानीको अभावले छाला फुस्रो हुने, कब्जियत हुने, ओठ फुट्ने समस्या देखिन्छ । यसकारण तिर्खा नलागे पनि प्रशस्त पानी पिउनुपर्छ । 

कतिपय किशोरकिशोरी फेसनेवल बन्ने होडमा पातला र कम कपडा लगाउने गर्छन । जसले स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्छ । पातला र कम कपडा लगाउदा चिसोले रुघाखोकी, ज्वरो, निमोनिया जस्ता समस्याले हुनसक्छ । जाडो महिना सकिने र गर्मी महिना सुरु बेलामा पनि बिशेष सचेतता हुनुपर्छ । यो बेलामा पनि सरुवा रोगका किटाणु सक्रिय हुन्छन् । जसले सहजै मानिसलाई आक्रमण गर्छ । सरुवा रोगहरू सिजन अनुसार फरक फरक देखा पर्छ । जुनसुकै रोग जतिबेला पनि लाग्ने हुँदा सर्तकता अपनाइरहनु राम्रो हुन्छ । 

Last modified on 2019-11-10 05:54:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts