स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका डा.केसीलाई स्लाइन चढाइँदै



Download our app to get more features

डडेल्धुरा, २३ कात्तिक । पाँच दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीको शरीरमा पानीको मात्रा कम भएपछि अस्पताल सारिएको छ ।

डडेल्धुरामा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेकाले उनलाई शुक्रबार राति नै अस्पतालमा भर्ना गरिएको हो ।

केसी सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा चिसो कोठामा अनशनरत थिए ।

उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ । उनको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा.जितेद्र कँडेलले जानकारी दिए । 

उनका अनुसार केसीलाई अहिले बोल्न समेत समस्या भइरहेको छ । “हिजो गरिएको टेस्टमा उनको शरीरमा पानीको मात्रा कम देखिएकाले अस्पताल सार्नुपरेको हो” उनले भने, “पानीको मात्रा कम भएकाले शरीर एकदमै कमजोर भएको छ त्यसैले सलाइन चढाउनुपर्ने अवस्था आयो । ”

Last modified on 2019-11-10 05:54:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts