बायो मेडिकल उपकरणको सहि तरिकाबाट प्रयोग गरेर बिरामीको ज्यान जोगाउन सकिने



Download our app to get more features

काठमाडौं, २३ कात्तिक । बायो इन्जिनियरिङ फाउण्डेशन नेपाल र बायो मेडिकल इन्जिनियरिङ एशोसिएशन नेपालको सहकार्यमा एडभान्स बायो मेडिकल टेक्नोलोजीको बारेमा छलफल र सेवाबारे कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रममा विश्व प्रख्यात मेडिकल उपकरण निर्माणकर्ता मिन्द्रे तथा जनरल मेडिकल सप्लायर्स प्रा.लि.को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा कार्यक्रममा अति संवेदनशिल उपकरणको सहित तरिकाले प्रयोग गरेर बिरामीको ज्यान जोगाउन सकिने र उनीहरुलाई सहि सेवा प्रदान गर्न सकिनेबारे जानकारी गराइएको थियो ।

नेपालका सबैजस्तो हस्पिटलमा त्यस्ता संवेदनशिल उपकरणको कसरी क्यालिब्रेशन गर्ने, उपकरणहरुको शल्यक्रिया र व्यवस्थापन कसरी सहित तरिकाबाट गर्ने, इफिसिएन्ट सेवा व्यवयवस्थापन कसरी गर्ने जस्ता विषयमा पनि जानकारी दिइएको थियो । 

कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादव थिए भने ६० जनाको उपस्थिति रहेको थियो । 

संवेदनशिल लाइफ सपोर्ट मेडिकल उपकरणहरुको सहि तरिकाबाट प्रयोग गरेर बिरामीहरुको स्वास्थ्य सेवा प्रदान गर्न सकिने जनरल मेडिकल सप्लायर्सका प्रमुख कार्यकारी अधिकृत जय कृष्ण श्रेष्ठले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts