नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीमाथि प्रशासनद्वारा कुटपिट



Download our app to get more features

वीरगञ्ज, ७ मंसिर । वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीमाथि कुटपिट गरिएको छ । 

वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट कानुनविपरीत शुल्क उठाएको भन्दै त्यसको विरोध स्वरुप विहीबारदेखि कलेज अगाडि धर्ना दिएका छन् । 

अतिरिक्त शुल्क फिर्ताको माग राख्दै कलेजको मुलगेट अगाडि धर्नामा बसेका विद्यार्थीमाथि शनिबार साँझ होस्टेल फर्किने क्रममा कलेज परिसरमा रहेका व्यवस्थापन पक्षका केही युवा र एमबीबीएस चौथौँ वर्षका केही विद्यार्थी मिलेर आन्दोलनरत विद्यार्थीमाथि हातपात गरेका थिए ।
 
नेपाल सरकारले तोकेको शुल्क विपरीत कलेजले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजको गेट अगाडि २ दिन देखि धर्ना दिएका छन् । 

शुक्रबार राति ८ बजेको समयमा नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थीले वीरगञ्जको सडकमा ‘मेडिकल माफिया मुर्दावाद, गुन्डागर्दी गर्न पाइँदैन, केटीलाई पिट्न पाइँदैन, वीरगन्जवासी हामीलाई साथ दिनुस्,’ लगायतका नारा लगाउँदै विद्यार्थीले राति वीरगञ्ज बजार परिक्रमा गरेका छन् ।

कलेज व्यवस्थापनको गुन्डागर्दीको विरोधमा राति सडकमा उत्रिएका विद्यार्थीहरुलाई राती होस्टेल फर्किने क्रममा कलेज परिसरमा व्यवस्थापन पक्षका बाट छात्रालाई दुव्र्यवहार समेत गरेका थिए । 

शुक्रबार साँझ अस्पतालको गेट नम्बर २ मा धर्नारत विद्यार्थीहरुमाथि व्यवस्थापन पक्षकाले युवा लगाएर निर्घात कुटपिट गरेको छ ।.

पछिल्लो समय निजी मेडिकल कलेजले जबरजस्ती रूपमा शुल्क उठाउन थालेपछि विद्यार्थीले चिकित्सा शिक्षा संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts