बारामा डेंगुको बिरामी बढ्दै, एकको मृत्यु



Download our app to get more features

बारा, ९ मंसिर । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा डेंगुको बिरामी बढ्न थालेका छन् ।

लामखुट्टेकोे टोकाईबाट लाग्ने यस रोगबाट एक जनाको मृत्यु समेत भइसकेको छ । मृत्यु हुनेमा उपमहानगरपालिका वडा नम्बर २ का राधिका चापागाई रहेको स्वस्थ्य शाखाका प्रमुख बाबुलाल सहनीले जानकारी दिए ।

संक्रमित हुनेको संख्या एक सय भन्दा बढी पुगेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

डेंगुबाट संक्रमित हुनेहरुको यकिन तथ्यांक संकलन कार्य भैरहेपनि अहिलेसम्म एक सय ५० जना बढीमा फेला परिसकेको स्वस्थ्य शाखा प्रमुख सहनीले बताए ।

नगरभित्र डेंगु संक्रमण देखिन थालेपछी उपमहानगर कार्यालयले लामखुट्टे नियन्त्रणका लागि सम्पूर्ण वडाहरुमा सचेतना कार्यक्रम समेत गरेको थियो । तर, कार्यक्रम प्रभावकारी हुन सकेको छैन । 

डेंगुको रोगबाट संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय पनि त्रसित बनेका छन् ।

Last modified on 2019-11-26 05:47:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts