टीकापुर अस्पतालको अध्यक्षमा रावल 



Download our app to get more features

कैलाली, १० मंसिर । कैलालीको टीकापुर अस्पतालको अध्यक्षमा दिपक रावल निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि उनले टीकापुर अस्पतालभित्र सबैको प्रतिनिधि भएर काम गर्ने बताए । 

नवनिर्वाचित व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यलाई गरिएको स्वागत तथा बधाई कार्यक्रममा अध्यक्ष रावलले टीकापुर अस्पताललाई व्यवस्थित गर्न सबैका भावना समेटेर काम गर्ने बताए । 

उनले भने ‘अबको २ वर्ष अस्पताललाई दिनेछु, टीकापुरबासीको भरोसा टुट्न दिनेछैन’  बिरामीलाई सहज उपचार सेवा पाउने वातावरणका लागि सक्रीय भएर लाग्ने बताउँदै उनले सबै राजनितिक दल, संघसंस्था र सरोकारवालाको सहयोग चाहिएको बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts